बर्दिया/ बर्दियाका सबै तहमा २७ औ अन्तर्राष्टिय अपांग दिबश बिबिध कार्यक्रमका साथ मनाईको छ । ̈ अपांगता भएका ब्यक्तिहरुको सशक्तिकरण तथा समाबेशीता र समानताको सुनिशिचतता ” भन्ने अन्र्ताष्टिय नारा र ‘मलाई गणना गर र समाबेश गर” भन्ने राष्ट्रिय नाराका साथ बर्दिया जिल्लाका स्थानियतहमा पनि बिभिन्न कार्यक्रमका साथ दिबस मनाईएको हो । 
बिगत बर्षहरुका जस्तै यस बर्ष पनि बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा अन्तरक्रिया कार्यक्रम र सरोकारवालाहरुको प्रतिबद्धताका साथ २७ औ अन्तर्राष्टिय अपांग दिबश कार्यक्रम मनाईएको सस्थाले जनाएको छ ।
बर्दिया अपांग पुनस्र्थापना केन्द्रका अध्यक्ष कृष्ण बहादुर क्षेत्रीको अध्यक्षतामा तथा जिल्ला समन्नव समिति बर्दियाका उप संयोजक मानबहादुर बिष्टको प्रमुख आथित्यमा सन्पन्न भएको कार्यक्रममा गुलरिया नगर पालिका वडा नम्बर ६ का अध्यक्ष निरज शर्मा र ८ अध्यक्ष धर्मेन्द्र बानिया लाई अपांगताको क्षेत्रमा बजेट बिनियोजन गरि पुनस्र्थापनाको क्षेत्रमा सहयोग पुर्याएको भन्दै दोसल्ला द्धारा सम्मान गरिएको थियो भने दृष्टि बिहिनहरुको राष्ट्रिय स्तरको क्रिकेट खेलमा दोश्रो स्थान ल्याउन सफल खेलाडिहरु लाई कदर पत्रद्धारा सम्मान गरिएको जनाईएको छ ।
बर्दिया अपांग पुर्नर्थापना केन्द्र, बर्दिया नेत्र हिन संघ , बर्दिया बहिरा संघ , बौद्धिक अपांग अभिभाबक संघको संयुक्त संयोजनमा , गुलरिया नगर पालिका महिला तथा बालबालिका कार्यालयको आयोजनामा सम्पनन भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका उप संयोजक मान बहादुर बिष्ठले जबसम्म अपांगताको संगठन बलियो हुदैन तब सम्म अपांगताको सवालले प्राथमिकता नपाउने भन्दै संगठन लाई मजबुद बनाएर हक अधिकारको लागि अगाडी बढ्न सुझाब दिनु भयो ।
अपांगता प्रतिको धारणा र दृष्टिकोण सकारात्मक बनाउ सबैले अन्तर आत्मबाट बनाउनु पर्ने भन्दै अपांगताको सवालका बारेमा स्थानियतहहरुमा समन्वकारी भूमिका खेल्ने बताउनु भयो ।
यसै गरी गुलरिया नगर पालिकाकी उप प्रमुख एवं कार्यक्रमकी बिशेष अथिति शुसीला गिरीले अपांगताको सवालमा सबै सरोकारवालाहरु गम्भिर भएर ब्यबहारमा उतार्नु पर्नेमा जोड दिनु भयो । अपांगताको शारीरिक अवस्थालाई होईन उसको क्षमता र योग्ताको आधारमा अबरको सृजना गर्नु पर्ने र अपांगताको सवालको कुरा कोठामा मात्र सिमित नगरी परिवार समाजमा सकारात्म परिवर्तका लागि सन्देश फैलाउनु पर्नेमा जोड दिनु भयो ।
गुलरिया नगर पालिका अन्तरगतका वडा अध्यक्षहरु , प्लान ईन्टरनेश्नल नेपाल बर्दियाका कार्यक्रम अधिकृत झलकमान बिश्वकर्मा , नागरीक समाज संजालका संयोजक बालकृष्ण ओली , पत्रकार महासंघका बर्दियाका अध्यक्ष राजेन्द्र प्रसाद धिताल राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेश श्रेष्ठ , महिला बालबालिका कार्यालयका महिला बिकास निरिक्षक शिला शाह , अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्रका प्रतिनिधि , ईन्सेक बर्दिया , डेक नेपाल बाकेका प्रतिनिधि पाई परियोजनाका संयोजक जितराम थारु को बिशेष उपस्थिति हरेको कार्यक्रम लाई सफल पार्न महिला तथा बाल बालिका शाखा कार्यालय बर्दिया ,राधाकृण थारु जनसेवा केन्द्र , अपांग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र नेपालगंज र डेक नेपाल बाकेले सहयोग गरेको सस्थाले जनाएको छ ।
अपांयता भएका ब्यक्ति संघ सस्थाका प्रतिनिधी लगाएत झण्डै ७० जनाको सहभागिता उक्त दिबसमको कार्यक्रममा बर्दिया नेत्र हिन संघ बर्दियाका अध्यक्ष चिन्तामणी कडेलले स्वागत र तेज बहादुर ओलीले सञ्चालन गर्नु भएको कार्यक्रममा अपांगताका सवाल , स्थानिय तहका प्रत्येक समितिमाहरुमा अपांगता भएका ब्यक्तिहरुको सहभागिता , अपांगता भएका ब्यक्तिहरुको लागि बनेका ऐन, नियम नितिहरु र निर्देशिकाहरु प्रभाबकारी रुपमा कार्यान्वयका सवालमा सरोकार वालाहरुको भूमिकाको बिषयमा बर्दिया अपांग पुनस्र्थापना केन्द्रका निर्देशक दलबहादुर सुनार प्रकास पानु भएको थियो ।









प्रतिक्रिया दिनुहोस्