एभरेष्टका विद्यार्थीहरुले गरे नगर सरसफाइ



कोहलपुर/   कोहलपुर नगरपालिका–११ फूलबारीनगर स्थित एभरेष्ट सैनिक माविको आयोजनामा शुक्रबार कोहलपुर नगर सरसफाइ गरिएको छ ।

सरसफाइ कार्यक्रमको कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कर्ण बहादुर थापा र विद्यालयका प्रवन्ध निर्देशक महेन्द्र शर्माले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

उक्त विद्युतरोड चोकदेखि कोहलपुर चौराहसम्म गरिएको थियो । विद्यालयका प्रिन्सिपल राजु शर्माले सरसफाइ कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए ।

सरसफाइ कार्यक्रममा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर १५ गते शनिबार