अपाङ्गता भएकाहरुका लािग आत्मनिर्भर तालिम



कोहलपुर/   बाँकेको राप्तीसोनारी–९ ढकेरीमा अपाङ्गता भएका व्यक्तिहरुको आय आर्जन तथा आत्मनिर्भर सम्बन्धी तीन दिने बाख्रा, बगुर तथा कुखुरा पालन व्यवसायिक तालिम मंगलबार तालिम सम्पन्न भएको छ ।

परिलक्षितको आयोजनामा भएको तालिमको समापन सत्रमा बोल्दै राप्तीसोनारी–९का वडा अध्यक्ष महाविर वलीले तालिममा सिकेका कुराहरु व्यवहारमा लागु गरी आत्मा निर्भर बन्न सक्नुपर्नेमा जोड दिएका छन् ।

साथै उनले अपाङ्गगता भएका व्यक्ति पनि केहि गर्न सक्छन् भने उदारण तालिमले दिने विश्वास व्यक्त गरेका छन् । कार्यक्रमका संयोजक नर बहादुर विष्टले अपाङ्गगता भएका व्यक्तिलाई कसरी व्यवसायमा सफल हुनका लागि चाहिने आधारभुत ज्ञान उपलब्ध गराइएको बताएका छन् ।

साथै उनले बाख्रा, बंगुर तथा कुखुरा पालन गर्न ध्यान दिनुपर्ने कुराहरु तालिममा सिकाइएको र तालिममा सिकेका कुराहरुलाई आफ्नो जीवनमा लागु गरी आत्मनिर्भर बन्नुपर्ने बताए । उक्त तालिममा राप्तीसोनारी गाउँपालिका भित्रका १७ जनाले सहभागिता जनाएका थिए ।

तालिमका सभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । तालिमको प्रशिक्षण राप्ती सोनारी गाउँपालिका पशुशाखा प्रमुख जय बहादुर कार्कीले गरेका थिए भने तालिमका सहभागी हिरा सिंह वलीको सभापतित्वमा सम्पन्न भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर १२ गते बुधबार