सुत्केरी र गर्भवतीलाई पोषण समाग्री वितरण



कोहलपुर/   बाँकेको राप्तीसोनारी–९ ढकेरी स्थित झिझिरी महिला सामुदायिक वन उपभोक्ता समुहले मंगलबार २५ जना सुत्केरी तथा गर्भवती महिलाहरुलाई पोषण सामाग्री वितरण गरेको छ ।

सामुदायिक वनको आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक कार्यक्रम अन्र्तगत सुकेरी तथा गर्भवती महिलाहरुलाई पोषण सामाग्री वितरण गरिएको संस्थाकी अध्यक्ष कमला विसी बताईन् ।

पोषण वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति तथा राप्तीसोनारी गाउँपालिका वडा ९ का वडाध्यक्ष महाविर वलीले सुत्केरी र गर्भवस्थामा सन्तुलित आहार र पोषण अति आवश्यक पर्ने हुँदा सामुदायिक वनले महिलाहरुलाई पोषण वितरण गरेर उदारणीय काम गरेको बताए ।

साथै उनले गाउँपालिकाको समेत त्यस्तो कार्यक्रमहरु रहेको र त्यस्ता कार्यक्रम सञ्चालान गरिने बताए । त्यस्तै कार्यक्रम बोल्दै सामुदायिक वन महासंघ नेपाल बाँकेका संस्थापक अध्यक्ष सिरधर उपाध्यक्षले सामुदायिक वनले नयाँपन ल्याएको बताए । ‘सामुदायिक वनले नमुना कामको सुरुवात गरेको छ । अन्य सामुदायिक वनले पनि यस्ता कामहरुको सिको गर्न आवश्यक छ’ उनले भने ।

कार्यक्रममा ९ जना सुत्केरी तथा १६ जना गर्भवती महिलाहरुलाई फलफुल, अण्डा, आयोडिन नुन, हर्लिक्स लयागतका पोषणका सामाग्रीहरु वितरण गरिएको थियो । महिलाहरुद्वारा सञ्चालित सामुदायिक वनले यस अघि एक चरण महिलाहरुको पाठेघर परीक्षण शिविर सम्पन्न गरिसकेको र दोस्रो चरणको शिविर पनि चाँडै सञ्चालन गरिने बताइएको छ ।

समुहकी अध्यक्ष कमला विसीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी निवर्तमान महासचिव भिम कुमारी विष्ट, राप्तीसोनारी गाउँपालिका वडा नं. ९ का वडासदस्य पुर्ण बहादुर वली, इलाका वन कार्यालय ढकेरीका सहायक वन अधिकृत सत्यनारायण खङ्ग, रिम्ना मध्यवर्ती सामुदायिकन वन उपभोक्ता समुहका पुर्व अध्यक्ष भाइराम वली, समाजसेवी मेघराज शर्मा लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ मंसिर १२ गते बुधबार