काठमाडौं, २ मंसिर । चर्चित गायक नरेन्द्र प्यासीको आवाजमा ‘मेरो सुन्दर संसार लिलाम’ गर्यौ तिमीले बोलको गीत बजारमा आएको छ ।
लिरिकल भिडियोमा बजारमा आएको उक्त गीतमा मणि रत्नको मार्मिक शब्द रचना तथा प्रभात सुबेदीको संगीत रहेको छ । आफुले माया गरेको मान्छेलेनै धोका दिएर पछि जिन्दगी लिलाम गरिदिएको, बदनाम गरेको कथा गीतमा समेटिएको छ ।
बिन्ध्यावासिनी म्युजिकको पस्तुतीमा रहेको गीतमा रकेश ओलीको एरेन्ज रहेको छ ।
प्रकाशित मिति : २०७५ मंसिर २ गते आइतबार









प्रतिक्रिया दिनुहोस्