हरियाली कार्यक्रम सञ्चालन



नेपालगञ्ज/  बाँकेको वन क्षेत्र कम भएको गाउँपालिकामा जिल्ला वन कार्यालयले हरियाली प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

वन कार्यालयको तथ्याङ्कअनुसार नेपालगञ्ज उपमहानगरपालिका तथा खजुरा र राप्तीसोनारी गाउँपालिका वन क्षेत्र कम भएको क्षेत्रमा पर्छन् । सोही कुरालाई दृष्टिगत गरी वन कार्यालयले ती स्थानीय तह क्षेत्रमा हरियाली प्रवद्र्धनअन्तर्गत वृक्षरोपणलगायतका कार्यक्रम सञ्चालन गर्न लागेको जिल्ला वन अधिकृत ईश्वरप्रसाद पौडेलले बताए ।

त्यस्तै निजी वनलाई प्रवद्र्धन र व्यवस्थित गर्ने, नेपालगञ्जको सुर्खेतरोडमा स्थानीय तहको समन्वयमा वृक्षरोपण गर्ने र वृक्ष सुधार, वृक्षरोपण, तथा निजी वन कार्यक्रमलाई थप विस्तार गर्नेलगायत छन् ।

कार्यक्रमलाई प्रभावकारी बनाउन बाँके जिल्ला समन्वय समिति, स्थानीय तहका जनप्रतिनिधि, सामुदायिक वन उपभोक्ता सङ्घ, वन क्षेत्र संरक्षण समन्वय समिति, निजी वन सरोकार सङ्घलगायत सरोकारवाला निकायसँग सहकार्य गरिने जनाइएको छ । -रासस

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक २९ गते बिहीबार