बर्दिया/ बर्दियाको कर्तनियामा रहेको बबई पोलिक्लिनिकका सञ्चालक खिमलाल भट्राईलाई ईलाका प्रहरी कार्यालय बाँसगढीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले तालाबन्दी गरेको बारबर्दियाको कर्तनियामा रहेको पोलिक्लिनीकका सञ्चालक भट्राईलाई ईलाका प्रहरी कार्यालय बाँसगढीले नियन्त्रणमा लिएको प्रहरी निरिक्षक बसन्त गौतमले जानकारी दिऐ ।
पोलिक्लिनीक सञ्चालक भट्राईलाई नियन्त्रणमा लिएर ईलाज सम्बन्धी कसुर अन्तरगत मुद्धा दायर गरी आबश्यक अनुसन्धान भईरहेको प्रहरी निरिक्षक गौतमले बताए ।
जिल्ला प्रशासन कार्यालय बर्दियाको अनुगमन टोलीले अनुगमन गर्दा पोलिक्लिनिक दर्ता गरेको व्यक्ति फार्मेसीमा नबसेको, म्याद गुज्रिएको औषधि बिक्री गरेको, कर्मचारीसँगको सम्झौता नभएको, कर्मचारीको काउन्सिलमा दर्ता नरहेको पाइएपछि फार्मेसीमा ताला बन्दी गरिएको थियो ।
प्रकाशित मिति : २०७५ कात्तिक १८ गते आइतबार









प्रतिक्रिया दिनुहोस्