बर्दिया/ बढैयाताल गाँउपालीकामा जनचेतना मुलक देउसी भैलो खेलिने भएको छ ।
गाँउपालिकाको महिला हिंसा प्रतिकार समितिको शुक्रबार बसेको बैठकले तिहारमा महिला हिंसा, लागू पदार्थ दुब्र्यसनी र मदिरा सेवन अन्त्य गर्ने उद्देश्यका साथ जनचेतना मुलक देउसी भैलो खेल्ने निर्णय गरेको हो ।
देउसी भैलो कार्तिक २० र २१ गते गाँउपालिकाका मुख्य बजार र विभिन्न गाँउहरुमा बिहान १० बजेदेखि खेलिने निर्णय भएको ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण वलीले बताए ।
त्यस्तै बैठकले महिला हिंसा अन्त्य गर्न वडा स्तरीय महिला हिंसा प्रतिकार समुह गठन गर्ने निर्णय गरिएको छ ।
महिला हिंसा प्रतिकार समितिका संयोजक दिपा कुमारी गौतमको अध्यक्षतामा भएको बैठकमा गाँउपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठ, महिला हिंसा प्रतिकार समितिका सदस्य, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्