एक महिनाको तलब मन्दिरलाई सहयोग



नेपालगन्ज/   नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले आफ्नो एक महिनाको तलव बुधबार बाल्मीकी मन्दिरलाई सहयोग गरेका छन् ।

अघिल्लो महिनाको तलबभत्ता नेपालगन्जस्थित ब्रहाकुमारी इश्वरीय विश्व विद्यालय राजयोग प्रशिक्षण केन्द्रलाई सहयोग गरेका मेयर डा. राणाले एक महिनाको तलब र भत्ता गरी रु ५० हजार महर्षि बाल्मीकी जयन्तीका अध्यक्ष रामचन्द्र बाल्मीकीलाई हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा मेयर राणाले राजनीति गर्दासम्म सरकारको तलबभत्ता नलिने बताए । आफ्नी पत्नी प्रतिमा राणा, राप्रपाका युवा नेता ऋषिराज देवकोटा लगायत सहभागी कार्यक्रममा मेयर राणाले आफुले घुस नलिने र कसैलाई लिन पनि नदिने प्रतिवद्धता जनाए ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक ८ गते बिहीबार