पुर्व विद्यार्र्थी समाजद्वारा शुभकामना आदान प्रदान



कोहलपुर/  बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा पुर्व विद्यार्र्थी समाजले विजया दशमीको अन्तिम दिन मंगलबार आउँदै गरेको दिपावली, छ्ठ पर्व र नेपाल सम्बतको अवसर पारेर शुभकामना आदान प्रदान तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

२०७३ साल वैशाख १७ गते तदर्श समिति गठन गरी निर्माण गरिएको समाजले २०४८ साल देखि हालसम्म अध्ययनरत विभिन्न ठाउँमा विभिन्न कार्यलयमा आवद्ध र छरिएर रहेका विद्यार्थीहरुलाई एकै थलोमा भेला गराई क्याम्पस प्रतिको आत्मियतालाई अझ प्रगाढ गराउनको लागि शुभकामना तथा परिचयात्मक कार्यक्रम गरेको समाजका महासचिव प्रमोद सुबेदीले जानकारी दिए ।

कार्यक्रममा समाजका अध्यक्ष एकराज शर्माले पुर्व विद्यार्थी समाजको गठन गरिनुको उद्देश्य र समाजले हालसम्म गरेका कार्य र आगामी भावी रणनीतिबारे प्रष्ट पारेका थिए ।

कार्यक्रममा २०५० सालदेखि हालसम्म अध्ययनरत बागेश्वरी बहुमुखी क्याम्पसका सस्थापक स्ववियू सभापति अब्दुल हुसेन खाँ, समाजका उपाध्यक्ष तिलक बहादुर केसी, कोहलपुर नगरपालिका कार्यपालिका सदस्य नारायणी वली, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक कमल लम्साल, पूर्व विर्थाीहरु चक्रमिलन चन्द, सुशील सापकोटा, विरेन्द्र खड्का, वेगम थापा लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ कात्तिक ७ गते बुधबार