परिवर्तन दलित महिलाको अध्यक्षमा विक



बर्दिया/  परिवर्तन दलित महिला तथा ऋण सहकारी संस्था लि.बाँसगढीको अध्यक्षमा भुमि बिक चयन भएकी छिन् ।

संस्थाको १२ औँ साधारण सभाबाट शनिबार विकको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । जसको उपाध्यक्षमा देबिसरा बिक, सचिवमा हिरा बिक, कोषाध्यक्षमा ममता सुनार, सह–सचिवमा तुल्सा बिक रहेकी छिन् ।

त्यस्तै सदस्यहरुमा पानमति बिक, नायायणी सुनार, शान्ति नेपाली, मञ्जु नेपाली, दुर्गा सुनार र नन्दाकला बिक रहेका छन् ।

साधारणमा सहकारी संस्थाका व्यवस्थापक बिष्णु बिकले रु ५९ लाख ७१ हजार ३ सय ७२ बराबरको आयव्यय प्रस्तुत गरेका थिए । सहसचिव हिरा बिकले वार्षिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको अध्यक्षता भुमि बिकले गरेकी थिइन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ असोज ७ गते आइतबार