बाँसगढी/ बाँसगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनका लागि वामपन्थी र लोकतान्त्रिक प्यानल बिच प्रतिस्पर्धा हुने भएको छ । यहि असोज ३ गते हुने निर्वाचनमा वामपन्थी प्यानलबाट हरी प्रसाद लामिछाने (सुर्य) र लोकतान्त्रिक प्यानलबाट लुहारी थारुको नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
लामिछाने (सुर्य)को वामपन्थी प्यानलको उपाध्यक्षमा तिलनाथ शर्मा, सचिवमा शिव देवकोटा, कोषाध्यक्षमा जोहन पि.अधिकारी, सदस्यको लागि गंगा बराल, बलराम देवकोटा, फुल बहादुर थारु, अर्जुन लामिछाने प्रतिस्पर्धामा रहेका छन् ।
त्यस्तै थारु नेतृत्वको लोकतान्त्रिक प्यानलको उपाध्यक्षमा कृष्ण राज चौलागाई, सचिवमा नारायण प्रसाद पौडेल, कोषाध्यक्षमा सरस्वती तिमेल्सेना, सदस्यको लागि ढाकादेबी अधिकारी, रत्नाकुमारी शर्मा, विश्वराज बराल, नारायण प्रसाद चापागाँई, राजु प्रसाद शर्मा, धर्मबहादुर बुढा प्रतिस्पर्धामा रहेका छन् ।
अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा २÷२ जनाको मात्रै उमेद्वारी परेको र ७ जना सदस्यको लागि १० जनाको उमेद्वारी परेको निर्वाचन मण्डलका सदस्य युगपति पौडेलले बताए ।
यस्तै उपाध्यक्ष पदको लागि उमेद्वारी दिएका धन बहादुर हमाल र कोषाध्यक्ष पदको लागि उमेद्वारी दिएका रामजी देवकोटाले ३० गते उमेदवारी फिर्ता लिएको जनाइएको छ । बाँसगढी खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा ४ सय १६ जना मतदाता रहेका छन् ।
समितिको निर्वाचनको दिन नजिकीदै गर्दा दुबै प्यानलका उमेद्वारहरु घरदैलो तथा भेटघाटमा व्यस्त छन् । निर्वाचन असोज ३ गते नेपाल राष्ट्रिय माध्यामिक विद्यालय बाँसगढीमा हुने छ ।









प्रतिक्रिया दिनुहोस्