कोहलपुर/ नेपाल ईट्टा उद्योग व्यवसयी संघ बाँकेका सल्लाहकार तथा पूर्व वरिष्ठ उपाध्यक्ष गोकुल प्रसाद पराजुली महासंघको केन्द्रिय सचिवमा निर्वाचित भएका छन् ।
महासंघको यही भदौ १४ र १५ गते विराटनगरमा बसेको चौथो धिवेशन तथा १० औँ साधारण सभाबाट पराजुली सचिव पदमा निर्वाचित भएका हुन् ।
यस्तै नेपाल ईट्टा उद्योग व्यवसायी संघले सोमबार एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित सचिव पराजुलीलाई स्वागत तथा सम्मान गरेको छ ।
पराजुलीलाई नेपाल ईट्टा उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष जैनुल खाँ र प्रदेश नं.५ का उपाध्यक्ष देब बहादुर वलीले दोसल्ला ओढाएर स्वागत तथा सम्मान गरेका हुन् ।
संघका पूर्व अध्यक्ष तथा सदस्यहरुको उपस्थितिमा भएको कार्यक्रममा पराजुलीलाई बधाई तथा कार्यकालको शुभकामना व्यक्त गरिएको थियो ।
प्रकाशित मिति : २०७५ भदौ १९ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्