सुर्खेतरोडका खाल्डा खुल्डी पुर्ने अभियान तिब्र



नेपालगन्ज/   नेपालगन्ज उपमहानगरपालिकाको कार्यबाहक मेयर बनेका वडा नं. १ का वडा अध्यक्ष प्रमोद रिजालले नेपालगन्जको मुख्य सडक सुर्खेतरोडका खाल्डा खुल्डी पुर्ने अभियानलाई तिब्रता दिएका छन् ।

कार्यबाहक मेयरको पद सम्हाले लगत्तै सुर्खेतरोडमा भएका खाल्डा खुल्डी १२ घण्टा भित्र पुर्ने उदघोष गरेका रिझाल बुधवार बिहानैबाट सुर्खेतरोडमा भएका खाल्डा खुल्डी पुर्न डोजर सहित निस्किए ।

कार्यबाहक मेयरको यो तत्परता प्रति नेपालगन्जवासीहरु उत्साही देखिएका छन । सुर्खेतरोडमा बनेका खाल्डा खुल्डीका कारण दिनहुँजसो सवारी दुर्घटना बढदै गैरहेका थिए ।

पप्पु कन्ट्रक्सनले निर्माण गरेको नेपालगन्ज जमुहानहा सडक खण्ड हस्तान्तरण नहुँदै खाल्डा खुल्डी परेर आवागमनमा समस्या हुनुका साथै दुर्घटना समेत बढदै गएपछि उपमहानगरपालिकाकै लगानीमा सडकमा भएका खाल्डा खुल्डी पुरिन लागिएको कार्यबाहक मेयर रिजालले बताए ।

सुर्खेतरोड सडक खण्डको राँझादेखि जमुनाहा सडक खण्डमा रहेका साठी भन्दा बढी खाल्डाखुल्डी रहेको छन् । नेपालगन्ज राझाँ सडक खण्ड पप्पु कन्सट्रक्सनले निर्माण गरेको वर्षै दिन बितिसक्दा पनि नेपाल सरकारलाई हस्तान्तरण नगर्दा स्थानिय सरकारले सडक निर्माण गर्नु परेको हो ।

सुर्खेतरोडका खाल्डाखुल्डी पुर्नका लागि मंगलबार अनूगमन गरी स्टिमेट तयार गरी, ठेकेदारलाई समेत जिम्मा लगाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ भदौ १४ गते बिहीबार