बर्दिया/ जिल्लामा नीलम विकको अध्यक्षतामा १७ सदस्यीय साना किसान कृषक सञ्जाल गठन गरिएको छ ।
सीमान्तकृत कृषकको भेलाले गठन गरेको सो समितिको सचिवमा दीपबहादुर खड्का, सदस्यहरूमा संगीता थारू, विष्णी थारू, पार्वती काफ्ले, शान्ति क्षेत्री, पत्लाली थारू, सुदेशनी चौधरी, सीमा थारू, विनिता थारू, हन्ना ताम्राकार, सविता थारू, सीता थारू, लक्ष्मी आर्चाय, कल्पना थारू, कृष्णी थारू र कमला थारू रहेका छन् ।
कमैया महिला जागरण समाज नेपालको भेलाबाट सो सञ्जाल गठन गरिएको हो । कृषकलाई लक्ष्य गरी कार्यक्रम तय गर्न स्थानीय तहसँग समन्वय तथा सहकार्य गर्न तथा कृषकको क्षमता विकास गर्न समिति गठन गरिएको जागरण समाज नेपालका कार्यक्रम संयोजक ताराबहादुर सुनारले बताइन् ।
कार्यक्रममा दुई नगरपालिका तथा दुई गाउँपालिकाका कृषक समूहका प्रतिनिधिको सहभागिता रहेको थियो । रासस
प्रकाशित मिति : २०७५ भदौ ११ गते सोमबार









प्रतिक्रिया दिनुहोस्