म्याक्सीमा सी गाडी बजारमा



कोहलपुर/  पानस अटोमोर्टस प्रालीले शनिबार कोहलपुरमा नयाँ माडेलको बजाज म्याक्सीमा गाडी सार्वजनिक गरेको छ । प्रालीले एक कार्यक्रमको आयोजना गरेर गाडी बजारमा ल्याएको हो । गाडीको कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए ।

कार्यक्रममा पानस अटो मोर्टस प्रालीका म्यानेजर रामु काफ्लेले गाडीका विशेषताबारे प्रकाश पारेका थिए । बजाज कम्पनीको सो गाडी डिलरहरुका लगि उपयुक्त मानिएको छ । aघरयासी समाग्रीहरुदेखि अन्य प्रकृतिका समाग्रीहरु ढुवानी गर्न सहज होस् भन्ने उद्देश्यले डिलर तथा सब डिलरहरुका लागि गाडी सार्वजनिक गर्न लागिएको प्रालीले जनाएको छ ।

कुरियर सेवा फोहोर संकलन तथा अन्य कामहरुमा गाडी प्रयोगमा ल्याउन सकिने बताइएको छ । गाडी सार्वजनिकको अवसरमा प्रालीले रु १० हजार समेत छुट दिएको थियो ।

मुख्य डिलर हसंराज हुलासचन लिमिटेडले बजारमा ल्याएको सो गाडी अधिकृत विक्रेता पानस अटोमोर्टस पार्टस रहेका छ । ठुलो व्हील बेस, ठुलो डाईमेन्सन बलियो च्यासिस तथा ठुलो चालक क्याविन भएको गाडी बजारमा आएसँगै डिलर तथा ढुवानी सेवामा टेवा पुग्ने बताइएको छ ।

प्रालीका प्रबन्धक निर्देशक ज्ञानेन्द्र खनालको सभापतित्वमा सम्पन्न गाडी सार्वजनिक कार्यक्रममा ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दत्तराज हमाल, ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रमेश कुमार सिंह, कोहलपुर नगरविकास समितिका अध्यक्ष अवराज खड्का, होटल व्यवसायी संघ बाँकेका अध्यक्ष बलराम भट्टराई, मध्यपश्चिम यातायात प्रालीका अध्यक्ष विश्वराज खनाल, बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस कोहलपुर संचालक समिति अध्यक्ष नरेन्द्र न्यौपाने, नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगरकमिटि अध्यक्ष हेम विक्रम जिसी संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ भदौ १० गते आइतबार