बर्दिया/ बर्दियाको गुलरिया नगरपालिका–७ सिम्रानाका सुरेन्द्र बहादुर बिकका श्रीमतीले जिल्ला प्रशासन कार्यालय बर्दियामा डेरा जमाएर बसेपछि घरपरिवार थप मर्कामा परेको छ ।
नाबालिक छोरी यतिबेला आमा विहीन बनेकी छन् । सामान्य घरयासी असहमति हुँदा श्रीमतिले श्रीमानलाई चेतावानी दिन भन्दै आवेगमा जिल्ला महिला सेवा केन्द्रमा गई बसेको तर कुनै जानकारी बिना प्रशासनको कोठामा सारिएको श्रीमान सुरेन्द्रको आरोप छ ।
समस्यामा परेका महिला तथा बालबालिकाहरुलाई जिल्ला महिला सेवा केन्द्रमा ४५ दिनसम्म राख्ने ब्यवस्था हुदाँ–हुदै पनि के कति कारणले कसको रोहबरमा जिल्ला प्रशासन कार्यालयको कर्मचारी (क्वाटर) कोठामा डेरा सारियो ? भनी आवाश्यक सोधपुछका लागी निवेदन दर्ता गरी पटक–पटक आग्रह गर्दा सम्म पनि गुनासोको कुनै सुनुवाई नभएको सुरेन्द्रले बताए ।
प्रेस विज्ञप्ती मार्फत सुरेन्द्रल भने, “जिल्ला महिला सेवा केन्द्रबाट जिल्ला प्रशासनको क्वाटरमा सार्न साथ एक्कासी श्रीमतिको सम्बन्ध बिच्छेद मुद्धा अदालतमा प¥यो, जिल्ला प्रशासनको कार्यालय भित्रै प्रेम लिला चलाउनेहरुले आफनो पायक पर्ने गरी ठाउँ सारे, प्रशासनकै कर्मचारीद्वारा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गर्न बाध्य बनाईयो, तर हाम्रो गुनासोको कुनै सुनुवाई भएन ।
सम्बन्ध बिच्छेद गर्न बाध्य बनाउने प्रशासनका संमलग्न कर्मचारीलाई संरक्षण दिइएको छ । ड्राइभरको जागिर दिने भनी आश्वासन दिइयो तर कार्यन्वयन गरिएन ।” उता जिल्ला प्रशासन कार्यालय बर्दियामा २०७५ साउन १३ गते परेको एउटा निवदेन माथि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले तोक लगाई आवाश्यक जाँचबुझका लागि कार्यालयका प्रशासकिय अधिकृत महेन्द्र जंग शाहीलाई आदेश दिइएको पाइएको छ । प्रशासकिय अधिकृत शाहीले भने आफू साउन १ गतदेखि आएको तर घटना धेरै पहिले देखि भएको प्रतिक्रिया दिए ।
उनले भने, “हामीले आपसी छलफल गरी सम्झाउने बुझाउने प्रयास गरेका हौं, तर घटना अदालत सम्म पुगिसकेको अवस्थामा हामी केही बोल्न मिल्दैन, कर्मचारीलाई निकाल्ने वा राख्ने सम्बन्धमा जिल्ला प्रशासनको बिधि, निति अनुसार नै काम हुन्छ । त्यो पनि कर्मचारीको गल्ती अनुसार ।”
१२ दिन जिल्ला महिला सेवा केन्द्रको संरक्षणमा बसेकी सुरेन्द्रकी घरवालीलेले २०७५ असार १० गते लोक्ने स्वास्नीको नाता तोडी सम्बन्ध बिच्छेद गरी पाउँ भनी मुद्धा दर्ता गराएकी छिन् । बर्दिया जिल्ला अदालतमा यो मुद्धा अहिले विचारधिन अवस्थामै रहेको अदालतले जनाएको छ ।
जाँड, रक्सी सेवन गरी कुटपिट, घरनिकाला तथा मानसिक यातना दिएको श्रीमतिको आरोप छ । तर श्रीमान सुरेन्द्रले यसको खण्डन गर्दै श्रीमतिले फिरादमा उल्लेख गरेको विवरण पूर्णत झुठ भएको भन्दै अहिलेसम्म अथाह माया स्नेह गरिरहेको दाबी गरेका छन् ।
घरपरिवार भित्रको कुरा प्रशासनमा पसेपछि यसले बजारमा चर्चाको रुप लिएको छ । वास्तविकता वा आंशकाको भरमा भनिएको हो, घटनामा संमलग्न कर्मचारीहरुलाई एक ठाउँमा राखेर छलफल गरी आरोप माथि चित्तबुझदो जवाफ प्रशासनले फर्काउने समेत कोसिस गरेको छैन ।
उता जान्ने बुझ्ने केही समाजसेवी बुद्धिजीवी व्यक्तिहरुको भनाई अनुसार दुबै जनाले कर्तव्य भन्दा बढि आत्मसम्मान र अधिकार खोजिरहेकाले समस्या सुल्झन नसकिरहेको प्रतिक्रिया दिएका छन् । अझै पनि आपसी सहमतिमा मेलमिलाप गरी बैवाहिक सम्बन्ध कायम गरी पारिवारिक जीवन चलाउँदा राम्रो हुने उनीहरुको सुझाव छ ।









प्रतिक्रिया दिनुहोस्