कोहलपुर/ मुस्लिम समुदायको महान् पर्व बकर ईद (इदुल जोहा) का अवसरमा प्रदेश ५ सरकारले आज (बुधबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव मधु पौडेल (ज्ञवाली) ले मंगलबार एक सूचना जारी गरीे मुस्लिम समुदायको महान् पर्व बकर ईद (इदुल जोहा) का अवसरमा प्रदेश सरकारले भदौ ६ गते अर्थात आज सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
यहाँका मुस्लिम समुदायका अगुवा तथा संस्थाका प्रमुखले बकर ईदका अवसरमा सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै सोमबार प्रदेश सरकारसमक्ष ज्ञापनपत्र बुझाएका थिए ।
प्रकाशित मिति : २०७५ भदौ ६ गते बुधबार









प्रतिक्रिया दिनुहोस्