बर्दिया/ “सूचना हाम्रो अधिकार, सुशासन र विकासमा हाम्रो अधिकार” भन्ने मुल नाराका साथ बर्दियाको बढैयाताल गाँउपालिका कार्यालयमा आइतबार एक कार्यक्रमको आयोजना गरी सूचनाको हक सम्बन्धी दिवस मनाइएको छ । १३औँ सूचना दिवसको अवसरमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको आयोजनामा सो कार्यक्रम गरिएको हो ।
सूचना मानिसको जन्म सिद्धअधिकार भएकाले मानव जीवनमा गाँस, बास र कपासको अत्तिनै आवश्यक परेजस्तै सूचना पनि मानिसको जीवनमा नभई नहुने कुरा भएको बढैयाताल गाँउपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले बताए । सूचनाको हक एकदमै महत्व रहेको उनको भनाई छ । साथै बढैयाताल गाँउपालिकाले नागरीकहरुलाई सूचना दिने उद्देश्यले बढैयाताल वईव पेज, फेसबुक पेज, आई.सि.टि, सूचना पाटी, रेडिया,े पत्रपत्रिका जस्ता माध्यमबाट सूचना प्रवाह गरिरहेको समेत उनले बताए ।
त्यसैगरी नेपालको संविधानले नै प्रत्यभुत गरेर धारा २७ को सूचनाको हक अहिलेको संविधानले नै शुरक्षित गरेकोले र सूचना माग्न र सूचना दिन दुईलाई शुरक्षित गरेको बढैयाताल गाँउपालिका कार्यालयका कार्यकारी अधिकृत नाराणय प्रसाद ढकालले जानकारी गराए । साथै जुनसुकै विकास निर्माण र जनताले सार्वजनिक सेवा बाट पाएको सेवाहरुका बारेमा त्यो काम कस्तो भयो ? के भयो भनेर अनुभुत गर्ने माध्यम सूचनालाई नै सबैभन्दा बलियो आधार भएको कार्यकारी अधिकृत नारायण प्रसाद ढकालले बताए ।
१३ औँ वर्षमा सूचनाको हक प्रवेश गरेको अवसरमा नेपालमा २०६४ भदौ ३ गतेको दिन संसदबाट राष्ट्रिय सूचनाको हक ऐन पारित गरेको थियो । यो विशेष गरेर पत्रकारहरुले प्रयोग गर्ने खालको शब्द सर्वसाधारणले बुभm्ने गरेको तर यो बास्तवमा नागरिकको मौलिक हक हो । नागरीकले प्रयोग गर्ने हक भएको बढैयाताल गाँउपालिकाका सूचनाअधिकारी रमेश पौडेलले बताए ।









प्रतिक्रिया दिनुहोस्