उद्योग वाणिज्य सँघले मनायो ५ औँ वार्षिक उत्वस



बर्दिया/  बाँसगढी उद्योग वाणिज्य सँघले ५ औँ वार्षिक उत्वस मनाएको छ । संघले वार्षिक उत्सवको अवसरमा सोमबार वृक्षारोपण र कर शिक्षा कार्यक्रम सञ्चालन गरेको छ ।

“सुन्दर, हरियाली र सफा शहर, समृद्ध र समुन्नत बाँसगढी नगर” भन्ने बाँसगढी नगरपालिकाको नारालाई आत्मा साथ गर्दै वार्षिक उत्सवको अवसरमा वडा नम्बर ९ अन्तरगत माछागढमा वृक्षारोपण गरेको हो ।

बाँसगढी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष जयबहादुर चन्द, बाँसगढी उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष पुष्प बराल, अध्यक्ष रामसिंह थारु, वरिष्ठ उपाध्यक्ष बद्री बराल, महासचिव युगपत्ति पौडेल, उद्योग उपाध्यक्ष कृष्ण वली, समाजसेवी केशव बहादुर बाठामगर लगायत संघका पदाधिकारी स्थानियहरु मिलेर विभिन्न जातका ६५ ओटा विरुवा रोपिएको छ ।

सफा समुन्नत र समृद्ध बाँसगढीको विकास गर्ने नगरपालिकाको लक्ष्यलाई सहयोग पु¥याउने वृक्षारोपण कार्यक्रम गरिएको बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिंह थारुले बताए । त्यस्तै कर शिक्षा सम्बन्धी कार्यक्रम पनि गरिएको छ । कार्यक्रममा आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका कर अधिकृत लक्ष्मण सिंह श्रेष्ठले आय कर, मुल्य वृद्धि कर र अन्तशुल्क करका बारेमा सहभागीहरुलाई जानकारी दिए । सहजीकरणको क्रममा कर अधिकृत श्रेष्ठले व्यवसाय दर्ता प्रक्रिया, खारेज प्रक्रिया, आर्थिक ऐन २०७५ ले गरेका कर छुट व्यवस्थाका बारेमा जानकारी गराए ।

उनले राजस्व कार्यालयमा दर्ता भई पान नं. लिएका तर व्यवसाय नगरेकालाई अहिले आर्थिक ऐनले कर छुटको व्यवस्था गरेकाले कर चुक्ता गरी खारेज प्रक्रियामा जान समेत सचेत गराए । त्यस्तै बाँसगढी नगरपालीकाका नगर प्रमुख सालिकराम अधिकारीले नगरलाई समृद्ध र समुन्नत बनाउनको लागि आर्थिक क्रियाकलापहरुलाई व्यवस्थित गर्न जरुरी रहेको बताए ।

नगर प्रमुख अधिकारीले आर्थिक बिनाको समृद्धिको परिकल्पना गर्न नसकिने भएकाले बाँसगढी क्षेत्रमा कृषिजन्य कच्चा पदार्थमा आधारित उद्योगहरु सञ्चालन गर्ने कुरामा स्थानिय सरकारले प्रोत्सान गर्ने र उद्योगी व्यवसायीहरुले हिम्मत र साहस गर्नु पर्ने बताए ।

बाँसगढी क्षेत्रका व्यवसायीहरुले आफ्नो व्यवसायलाई रुपान्तरण गर्दै नयाँ दिशाका साथ अघि बढे मात्रै बाँसगढी क्षेत्रको औद्योगिक व्यवसायका हिसावले समृद्धि हासिल गर्न सकिने उनको भनाई छ । वार्षिक उत्सवको अवसरमा सँघले संस्थापक अध्यक्ष पुष्प बराल र उद्योग वाणिज्य सँघ बाँसगढीका एक मात्र एसोसियट सदस्य तथा गोर्खा ह्याचरी प्रालीलाई सम्मान समेत गरेको छ ।

बाँसगढी उद्योग वाणिज्य संघका अध्यक्ष रामसिंह थारुको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख सुष्मा चौधरी, आन्तरिक राजस्व कार्यालय नेपालगञ्जका नायव सुब्बा हुमा कुमारी भुषाल, नागरिक समाज सञ्जालका संयोजक प्रेम प्रसाद शर्मा, नगर स्तरिय महिला सञ्जालकी संयोजक शिव कुमारी सापकोटा, नेकपाका प्रतिनिधी, भिम बहादुर खत्री, नेपाली काँग्रेसका नगर सभापति गोबिन्द प्रसाद शर्मा, राप्रपा राष्ट्रबादका सुर्य बहादुर सिंह नगर स्तरिय युवा सञ्जालका संयोजक एकनारायण अधिकारी, लगायत समाजसेवी, बुद्धिजिबी, व्यापारी लगायतको सहभागिता रहेको थियो । संघका वरिष्ठ उपाध्यक्ष बद्री बरालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन महासचिव युगपति पौडेलले गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन २९ गते मंगलबार