रोल्पा/ रोल्पामा भएको जीप दुर्घटनामा परी चार वर्षीया बालिकाको मृत्यु भएको छ । रोल्पाको रुन्टीगढी गाउँपालिका–१, दिसुन्धारामा जीप दुर्घटना हुँदा रुन्टीगढी गाउँपालिका ९ सखीका ४ बर्षीया रितु कार्कीको निधन भएको हो ।
अर्का एक जना गम्भीर घाईते भएका छन् । रुन्टीगढी–१, लिबाङीआपबाट होलेरी जाँदै गरेको लु १ त ९४९३ नम्बरको यात्रुवाहक जीप सोमबार बिहान दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
क्षमता भन्दा बढि यात्रु बोकेकाले जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । गाडीमा अन्य १८ जना सवार थिए । उनीहरुको अबस्था भने सामान्य रहेको छ ।
प्रकाशित मिति : २०७५ साउन २८ गते सोमबार









प्रतिक्रिया दिनुहोस्