मनाइयो अन्तर्रा्ष्ट्रिय युवा दिवस



कोहलपुर/ अन्तर्रा्ष्ट्रिय युवा दिवस आइतबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । सोही अवसरमा दिवस बाँकेको कोहलपुर नगरपालिका–१४ हवल्दारपुरमा पनि दीप प्रज्वलन गरी मनाइएको छ ।

समाजसेवा संस्था नेपालको अगुवाइमा ‘युवाहरुका लागि सुरक्षित वातावरण’ भन्ने नाराका साथ मनाइएको कार्यक्रममा स्थानीय वद्धिजीवी, समाजसेवी, युवाहरुको सहभनगिता रहेको थियो ।

कार्यक्रममा संस्थाका संगठन विभाग प्रमुख दृष्टिविहीन गोकर्ण तिमिल्सीनाले गजल वाचन गरेका थिए । अन्तर्रा्ष्ट्रिय युवा दिवस नेपालमा सन २००४ देखि मनाउन थालिएको हो । हरेक वर्ष १२ अगस्टमा यो दिवस मनाउने गरिन्छ ।

दिवस मनाउनाका लागि राष्ट्रिय युवा परिषद्ले विभिन्न कार्यक्रम गरेको थियो । अन्तर्रा्ष्ट्रिय युवा दिवसलाई लक्षित गरी साउन २४ देखि देशका ७७ वटै जिल्लामा क्रियाशील कार्यक्रमहरू ३० गते सम्मका लागि जारी छ । कार्यक्रम साउन ३० गते सम्म चल्ने छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन २७ गते आइतबार