जेब्रा क्रसिङले यात्रुलाई सास्ती



नेपालगन्ज/ यात्रुलाई सहज होस भनेर नेपालगन्जको चारलेन सडकमा बनाईएको जेब्रा क्रसिङले यात्रुलाई उल्टो सास्ती दिएको छ । यात्रुलाई सहजतापूर्वक सडक वारपार गर्न बनाईएको जेब्राक्रसिङले यात्रुलाई झन सास्ती भएको सर्वसाधारणहरु बताउँछन् ।

‘जेब्राक्रसिङ छ, सडक पेटीसम्म जाने खुल्ला बाटो छैन ।’ कसरी सहजता पाउने एक बटुवाले भने । जेब्रा क्रसिङको महसुस गराउने वातावरण सम्बन्धित निकायले चासो नदिएको स्थानीय नागरिकहरुले गुनासो गरेका छन् ।

नेपालगन्जका जेब्रा क्रसिङ भएको ठाउँमा बार छ, पार कसरी हुने एक नागरिकले भने । सडक पार गर्न बनाइएको जेब्रा क्रसिङको बीचमा बार लगाइएको छ । जेब्रा क्रसिङ भनेको बाटो पार गर्ने ठाउँ हो तर यहाँ बार लगाइएको छ, कसरी जेब्रा क्रसिङको महसुस गर्ने ? एक स्थानियको जिज्ञासा छ । बार बार्नु भनेको बाटो छेक्ने काम हो बाटो पार गर्ने ठाउँमा बार ठड्याएर के गरेको त यस्तो ? स्थानीय विष्णु शर्माले प्रश्न गरे । पुष्पलाल चोक र धम्बोझी चोकमा जेब्रा क्रसिङ पारगर्ने ठाउँमा रेलिङ (बार) लगाएको छ ।

जेब्राक्रसिङबाट हिड्न पैदलयात्रु सडक वारपार गर्दा झुक्किने गरेका छन् । जेब्रा क्रसिङ भएको ठाउँमा बार भएपछि जेब्रा क्रसिङ नभएको ठाउँबाट बाटो काट्नु पर्ने बाध्य भएका छन् पैदलयात्रु । जेब्राक्रसिङ भएको ठाउँमा रेलिङ लगाएकोबारे हटाउन सडकलाई जानकारी गराईसकेको उनले भने ।

अलि धेरै भीडभाड हुने ठाउँ भएकाले पुष्पलाल चोक नजिकै दुईवटा जेब्रा क्रसिङको व्यवस्था गरिएको छ । जेब्रा क्रसिङ र छेकबार एकैठाउँमा राखेर पैदलयात्रुलाई झुक्याउन सम्बन्धित निकायको लाचारी रहेको सर्वसाधरणको गुनासो छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका प्रमुख हिरेन्द्र बहादुर रोकायले जेब्रा क्रसिङ भएको ठाउँ खुल्ला हुन पर्ने बताए । जेब्राक्रसिङ भएको ठाउँमा रेलिङ लगाएकोबारे हटाउन नेपालगन्ज उपमहानगरपालिकालाई जानकारी गराउने र थप पहलको लागि लाग्ने उनले भने । सडक पार गर्न रेलिङ लगाएको कार्य ट्राफिक नियम विपरित रहेको प्रमुख रोकायले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन २७ गते आइतबार