उपचार अभावमा विरामीको मृत्यु



रुकुम/  उपचारको अभावमा रुकुमको चौरहारीमा एक बिरामीको मृत्यु भएको छ ।

जाजरकोट भेरी नगरपालिका ४ का ४२ वर्षका शेरबहादुर बिकको उपचार हुन नपाई मृत्यु भएको स्थानीयबासीले बताएका छन् ।

दमको समस्या भएर चौरजहारी अस्पतालमा उपचार गराउन आएका बिकले उपचार नपाउँदा मृत्यु भएको हो ।

५ दिनदेखि चौरजहारी अस्पताल तनावग्रस्त हुँदा सामान्य तथा जटिल समस्या भएका बिरामीको उपचार हुन सकेको छैन ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन २४ गते बिहीबार