जुम्लामा ९० लिटर अबैध घरेलु मदिरा नष्ट



जुम्ला/  जुम्लाको हाँकु प्रहरी चौकीले अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । प्रहरी चौकी हाँकुले सवारी साधानमा विक्रिका लागि लैजादै गरेको घरेलु मदिरालाई नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

जुम्लाबाट नाग्मतिर जाँदै गरेका ३ वडा सवारी साधानबाट प्रहरीले मदिरा बरामद गरेको थियो । प्ररहीले बरामद गरेको घरेलु मदिरा विहिबार हाँकु प्रहरी चौकि नजिकै कर्णाली राजमार्गको मुनतिर खन्याईएको छ ।

करिब १५ हजार रुपैया बराबरको मदिरा प्रहरीले नष्ट गरेको हो । बरामद गरिएको घरेलु मदिरालाई तातोपानी गाउँपालिका ५ नम्बर वडाध्यक्ष हरिवहादुर डाँगी, वडासदस्य दत्त नेपाली, महिला संजाल, बाल क्लब र संचारकर्मीको रोहवरमा नष्ट गरिएको हो ।

सवारी साधनमा लुकिछिपी लिन लागिएको ९० लिटर घरेलु मदिरा ३ वटा गाडिबाट बरामद गरेको प्रहरी चौकि हाँकुका इन्चार्ज धनवहादुर साउदले जानकारी दिनुभयो ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन २४ गते बिहीबार