चिसापानीमा महाँपुराण तथा धार्मिक मेला सुरु



कोहलपुर/   बाँकेको बैजनाथ गाउँपालिका वडा नं.१ चिसापानीस्थित शिव मन्दिरमा शिव महाँपुराण तथा धार्मिक मेला बुधबारदेखि सुरु भएको छ । धार्मिक मेलाको बैजनाथ गाउँपालिकाका अध्यक्ष मान बहादुर रुचाल ठकुरीले उद्घाटन गरेका थिए ।

उद्घाटन सत्रमा बोल्दै गाउँपालिका प्रमुख रुचालले जनताबाट संकलित रकम बराबर गाउँपालिकाबाट रकम थप गरी शिव मन्दिर क्षेत्रलाई स्मार्ट पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने बताए ।

शिव मन्दिरको सर्वाङ्गिण विकास तथा सनातन धर्मको संरक्षण गर्ने उद्देश्यले संचालन गरिएको सो धार्मिक मेलाको पहिलो दिन शान्ति कलश यात्रा सहित चिसापानी बजार परिक्रमा गरिएको थियो ।

धार्मिक मेलाको उद्घाटन सत्रमा विशिष्ट अतिथि तथा संकल्पकर्ता गोविन्द शरण महाराज, प्रमुख कथावाचक ऋषीकेश पोखरेल, बैजनाथ गाउँपालिकाका जनप्रतिनिधिहरु, समाजसेवी, विद्यर्थी, भक्तजनलगायतको सहभागिता रहेको थियो ।

धार्मिक मेला भदौ ५ गतेसम्म संचालन हुने आयोजकले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन २३ गते बुधबार