टरिगाउँ एयरपोर्ट सञ्चालन गर्न सांसद कोमल ओलीको माग



दाङ/ राष्ट्रियसभा सदस्य कोमल ओलीले टरिगाउँ एयरपोर्ट यथाशीघ्र सञ्चालन गर्न माग गरेकी छिन् । राष्ट्रियसभामा बोल्दै दाङको एकमात्रै पुरानो बिमान स्थललाई सञ्चालन गर्न सरकारसंग माग गरेकी हुन् ।

‘के कारणले एयरपोर्ट बन्द भएको हो’ उनले भनिन्‘ त्यो समस्याको समाधान गरेर जसरी पनि बिमान स्थल सञ्चालनमा ल्याउनु पर्छ । ’

२०११ सालमा पहिलो पटक जहाज बसेको टरिगाउँ एयरपोर्ट अहिले अनियमित हुनुको कारण ईन्धन डिपो नहुँनु भनि जानकारी आएको भन्दै ईन्धन डिपो स्थापनाको प्रक्रिया पुरा गर्न अनुरोध गरिन् ।

डिपो स्थापनका लाडि जग्गा उपलब्ध गराउने समेत उनले बताईन् । बिमान स्थल बन्द हुदा दाङसहित ७ जिल्लाका यात्रुहरुलाई समस्या हुने गरेको उनले बताईन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन २३ गते बुधबार