दाङ/ करेन्ट लागेर दाङमा एक महिलाको मंगलबार ज्यान गएको छ ।
दंगीशरण गाउपालिका वडा नं.७ बागर निवासी ३३ वर्षीया झुपि कुमारी पुनको ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
घरमा पानी तान्ने मोटर जोड्ने क्रममा करेन्ट लागेरे गम्भीर घाईते पुनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा ज्यान भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।
प्रकाशित मिति : २०७५ साउन २२ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्