नेपालगन्ज/ नेपालगन्ज उप–महानगरपालिका १० बाट प्रहरीले भारतबाट भन्सार छली गरेर ल्याउदै गरेको अवस्थामा विभिन्न साम्रगीसहित ६ जनालाई पक्राउ गरेको छ ।
५ नम्बर प्रदेश प्रहरी ब्यूरो नेपालगन्जबाट खटिएको टोलिले भन्सार छली गरेर ल्याउदै गरेको अवस्थामा प्यालास्टिकका विभिन्न सामान सहित मंगलबार ६ जनालाई पक्राउ गरेको हो ।
भन्सार छली गरेको सामान ओसारपसार गर्ने ६ थान साइकिल समेत नियन्त्रणमा लिइएको ५ नम्बर प्रदेश प्रहरी ब्यूरोले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ३ सय ८८ पिस लेडिज चप्पल, ३ सय ७२ वटा प्यालास्टिकको मग, ३ सय ७२ वटा साबुनदानी र ३ सय ७२ थान काइयो बरामद गरेको हो ।
भन्सारबाट चोरी पैठारी गरेर विभिन्न सामानहरु नेपाल भित्र्याउदै गरेको गोप्य सुचनाको आधारमा पुगेको ब्यूरो टोलिले उनीहरुलाई भन्सार छली गरेको समान सहित पक्राउ गरेको हो ।
साइकल र सामानसहित मानिसहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेको जिम्मा लगाइएको ब्यूरोले जनाएको छ । केही दिनयता ब्यूरो भन्सार छली विरुद्व अप्रेसन नै चलाएको छ ।









प्रतिक्रिया दिनुहोस्