सार्वजनिक सुनवाई सम्पन्न



बैजनाथ गाउपाँलिका वडा नं.१ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरिएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा कार्यालयले प्रदान गर्ने सेवा सुविधा विषयक सार्वजनिक सुनवाईको आयोजना गरिएको थियो ।

आ.व.०७४/०७५ मा गरेका क्रियाकलापबारे जवाफदेही वक्ता तथा वडा नं. १ का अध्यक्ष रुप बहादुर मल्लले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सार्वजनिक सुनवाईमा वडा सचिव कृष्ण प्रसाद उपाध्यले स्वागत तथा सार्वजनिक सुनवाईको औचित्यबारे प्रस्ट्याएका थिए ।

कार्यक्रममा विभिन्न बुँदाहरुमा प्रतिवद्धताहरु जवाफदेही वक्ताहरुले गरे । जवाफदेही वक्ताहरुले आगामी भाद्र अन्तिम सम्ममा नागरिक वडा पत्र, उजुरी पेटिका सूचना अधिकारी लगायत ५ बुँदे प्रतिवद्धता जाहेर गरेका थिए ।

कार्यक्रम उत्पीडित सामुदायिक विकास केन्द्र बाँकेले सहजीकरण गरेको थियो । सार्वजनिक सुनवाईमा विभिन्न क्षेत्र तथा स्थानीय गरी १ सय १० भन्दा बढीको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन १६ गते बुधबार