नेपालगन्ज/ बा“केको जानकी गाउ“पालिकाको वडा नं. ५ को वडा कार्यालय बेलहरीले बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
वडाध्यक्ष रमेश कुमार वर्माले रगतको पाकेट क्षेत्रीय रक्त संचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलाई हस्तान्तरण गरी १ पीन्ट रगत दिएर शुभारम्भ गरेका थिए ।
जानकी गाउ“पालिका बाहेक अन्य क्षेत्रका बिरामीहरुलाई चाहिएको सयममा उपलब्ध गराउनका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
सो रक्तदान कार्यक्रममा वडा सचिव योगेन्द्र नाथ चौधरीलयागत ३८ जनाले रक्तदान गरेका थिए । रक्तदाताहरुलाई वडाध्यक्ष रमेश कुमार वर्मा, वडासचिव योगेन्द्र नाथ चौधरी, सदस्य फलेराज वर्मा, समाजसेवी माधवराम वर्मा, होमराज कुर्मी, पदम बहादुर धिताल, पवन जायसवाल, मन मोहन वर्मा, उपेन्द्र रेग्मी लगायतले टि–शर्ट र प्रमाण–पत्र वितरणका साथ आ–आफनो बिचार राखेका थिए ।
नेपाल रेडक्रस सोसाइटी बा“के शाखाद्वारा संचालित क्षेत्रीय रक्तसंचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी, गुञ्जा कनौजिया, सोम प्रकाश सापकोटा, सुनील कुमार रत्गैया, विरेन्द्र योगी, केशर सिंह डा“गी लगायतले प्राविधिकमा सहयोग गरेका थिए ।
आगामी तीन महिनामा पुनः रक्तदान कार्यक्रमको आयोजना गरिने वडाध्यक्ष रमेश कुमार वर्मा र वडा सचिवले योगेन्द्र नाथ चौधरीले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्