एकीकृत सहरी विकाससम्वन्धी कार्यशाला गोष्ठी



कोहलपुर/ एकीकृत सहरी विकास गरुयोजना सम्वन्धी एकदिने कार्यशाला गोष्ठी कोहलपुरमा सम्पन्न भएको छ ।

कोहलपुर नगरपालिकाको आयोेजनामा सञ्चालन गरिएको कार्यशाला गोष्ठीमा कोहलपुरको एकीकृत विकासको लागि ५ वर्षे, १० वर्षे र १५ वर्षे गुरुयोजना कस्तो खालेको, कुन मोडेको बनाउने भन्ने बारेमा सरोकारवाला निकायहरुसँग छलफल गरिएको थियो ।

देशभरका नगरपालिकाहरुको कार्ययोजना कस्तो बनाउने भन्ने बारेमा छलफल तथा परार्मश गर्न सहरी विकास मन्त्रालयले आह्वान गरेको टेन्डर मार्फत टेक्रोकार्ट ग्रिन इनोभेटिभले सो जिम्मा पाएको थियो ।

गोष्ठीमा सहरी विकास विज्ञ उमादेवी सांगाक्षे र सहरी योजना विज्ञ सुमन पाठकले विकासको योजना बनाउँदा लिनुपर्ने तथ्याङ्कहरुको बारेमा जानकारी, नगरपालिकाले दिर्घकालीन योजना बनाउँदा अपनाउनु पर्ने तथ्याङ्ककहरु यथार्थ रुपमा संकलन गर्ने र ती तथ्याङ्ककहरुमा प्राविधिक परामर्शदाताहरुसँग छलफल गरी योजना छनौट गर्नुपर्ने बारेमा जानकारी गराएका थिए ।

त्यस्तै परामर्शदाताहरुले चालु आर्थिक वर्षमा कोहलपुर नगरपालिकाभित्र ३० करोड भन्दा बढि लागत हुने कुनै दुई वटा दिर्घकालीन दृष्टिका परियोजनाहरु छनौट गर्नुपर्ने सुझाव दिए ।

सो सुझावको आधारमा परामर्शदाताहरुले ती परियोजनाहरुको डिपीआर तयार गरी सहरी विकास मन्त्रालयमा पेश गरेपश्चात मन्त्रालयले परियोजना सञ्चालनका निम्ति सम्वन्धित मन्त्रालय एवं विभागहरुलाई सहजीकरण गर्ने छ ।
कार्यक्रमको अध्यक्षता गर्दैकोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले कार्यक्रममा सहभागी सबैलाई कोेहलपुर नगरपालिकाको दिर्घकालीन विकास सम्वन्धी एकीकृत गरुयोजना बनाउने तयारी भइरहेकाले यथार्थ तथ्याङ्ककबारे सुझाव दिन आह गरे ।

साथै प्रमुख रावतले कोहलपुर नगरपालिकाको गरुयोजना बनाउने काममा सहरी विकास मन्त्रालयले आफैलेलागत लगाएर परामर्शदाता खटाएकोले कोहलपुर नगरपालिकालाई सहज भएको बताए ।

सो गोष्ठीले नगर प्रमुख रावतको संयोजकत्वमा निर्देशक समिति समेत गठन गरेको छ । समितिमा उपप्रमुख र १५ वटै वडाका वडाअध्यक्षहरु सदस्यरहने व्यवस्था छ भने प्रमुख प्रशासकिय अधिकृत समितिको सदस्य सचिव रहने व्यवस्था छ । साथै उन्य तीन वटा उप–समितिहरु समेत गठन गरिएको छ ।

एकीकृत सहरी विकास गरुयोजना सम्वन्धी उक्त गोष्ठीमा नगरप्रमुख, उपप्रमुख, वडाअध्यक्ष,कार्यपालिका सदस्य, नगरपालिका भित्रका विषयगत शाखाका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन ९ गते बुधबार