नरैनापुर गाउँपालिकाको शिक्षा प्रतिकार्य योजना तयार



नरैनापुर, [बाँके]/ बाँकेको नरैनापुर गाउँपालिकाले शिक्षा प्रतिकार्य योजना २०७५ तयार पारेको छ ।

आपतकालिन अवस्थामा बालबालिकाको सिकाईको अधिकारलाई छिटो समयमा सुनिश्चित गर्ने, श्रोत साधनको प्रभावकारी परिचालन, विद्यालय नियमित सञ्चालन गरि सिकाईको गुणस्तरलाई कायम राख्ने वातावरण सिर्जना गर्ने उद्देश्यले शिक्षा प्रतिकार्य योजना तयार गरिएको हो ।

सेभ द चिल्डेनको सहकार्यमा बाँके युनेस्को क्लबले संचालन गरेको दुई दिने कार्यशाला पछि उक्त योजना तयार पारिएको हो ।

कार्यशालामा गाउँपालिका अन्र्तगत विभिन्न वडाका वडाध्यक्ष, सदस्य, विद्यालयका प्रधानाध्यापक, लगायतको सहभागिता रहेको युनेस्कोका कार्यक्रम अधिकृत अनुप बर्माले बताए ।

उक्त परियोजना संचालन भएको डुडुवा र राप्तीसोनारी गाउँ पालिकाले पनि शिक्षा प्रतिकार्य योजनाको कार्यशाला सम्पन्न गरि योजना तयार गरिरहेको छ ।

अहिले वर्षाको समयमा बाढी र डुबानको विपत आउने सम्भावना बढेकाले यो योजनाले सहयोग गर्ने युनेस्कोले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन ९ गते बुधबार