कोहलपुरको बजेट पारित



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाको आर्थिक वर्ष २०७८०८९ का लागि नगर सभामा प्रस्तुत गरेको बजेट पारित भएको छ । सोमबार बसेको नवौँ नगर सभाको छैटौ बैठकले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम सर्वसहमतिले पारित गरेको हो । यसपटक कोहलपुर नगरपालिकाको बजेट स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार कार्यपालिका सदस्य दिल बहादुर परियारले प्रस्तुत गरेका थिए । बजेट पारित गर्नको लागि नगर सभाको आइतरबार बसेको पाँचौँ बैठकले नगर सभामा पेस गरेको थियो ।

उक्त बजेट सोमबार दफाबार छलफल गरेर सर्वसहमतिले पारित गरेको हो । आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम पास गरेको कार्यपालिका सदस्य भिम बहादुर नेपालीले जानकारी दिनुभयो । आइतबारको नगरसभाले महानगर विहीन बाँकेमा नेपालगन्ज उप–महागगरपालिका र कोहलपुर नगरपालिका मिलाएर महानगर बनाउने विषयमा कोहलपुरले नेपालगन्जसँग नमिसिने निर्णय गरेको थियो ।

यस्तै तीन वटै विधेयक प्रस्तुत भएका थिए । स्थानीय निकायका कर्मचारीहरुको समायोजन गर्न बनेको विधेयक –२०७८, वन व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक –२०७८ र बरघर संरक्षण गर्न बनेको विधेयक –२०७८ सभामा प्रस्तुत भएका थिए ।

यस्तै यसअघि चौथो बैठकमा आर्थिक विधेयक –२०७८ र विनियोजन विधेयक प्रस्तुत भएको थियो । यसपटकको बजेटमा कोहलपुर नगरपालिकाले स्वास्थ्य सँगै पूर्वाधार निर्माणलाई नगरपालिकाले प्राथमिकता दिएको छ । नगर गौरवका योजनालाई पूर्णता दिने गरि बजेट विनियोजन गरिएको कार्यपालिकाक सदस्य दिल बहादुर परियारले जानकारी दिनुभयो ।

सर्वसम्मत पास गरिएको बजेटको आकार मध्ये पूर्वाधार विकास तर्फ ५५५,७००,९९ ,सामाजिक विकास तर्फ ८५,६८२,००० आर्थिक विकास तर्फ ४२,३६०,०० लगाएत विभिन्न शीर्षकमा कूल १ अर्ब १७ करोड ३४ लाख रकम सर्व सहमत पास गरिएको कार्यापालिका सदस्य कल्पना अधिकारी शर्माले जानकारी गराउनुभयो । सर्वसम्मत प्रस्तुत बार्षिक बजेट माथि भने छलफल जारी रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असार २९ गते मंगलबार