19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

कोहलपुरमा दश स्वतन्त्र उम्मेदवार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, असार ७, २०७४  

कोहलपुर, ७ असार / कोहलपुर नगरपालिकामा दश जना स्वतन्त्र उम्मेदवार लड्ने भएका छन् । कोहलपुर नगरपालिकाको मेयरमा मुक्तबहादुर थापाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
वडा नं. ३ को अध्यक्षमा प्रेमबहादुर खत्री र सूर्यप्रसाद पराजुलीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । वडा नं. ४ को अध्यक्षमा पूर्णप्रसाद अधिकारी, १४ को अध्यक्षमा पूर्णबहादुर सुनारले उम्मेदवारी दिएका छन् ।
त्यस्तै वडा नं. १४ मा सदस्यमा गंगाराम धोबी, हरिहर खटिक, महिला सदस्यमा कृष्णाकुमारी पौडेल, दलित महिला सदस्यमा ज्ञाना खटिक र वडा नं. ३ को सदस्य पदमा सवितराम थारु स्वतन्त्र उठेका छन् ।
दोश्रो चरणको स्थानीय तहको निर्वाचनको कार्यतालिका अन्तरगत मंगलबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्नुसाथै चुनाव चिन्ह प्रदान गरिएको छ ।

प्रकाशित मितिः बुधबार, असार ७, २०७४     2:13:50 PM  |