सहकारी व्यवस्थापन अन्तर नगरपालिका सिकाई कार्यक्रम



कोहलपुर/  बाँकेको कोहलपुरमा सहकारी व्यवस्थापन अन्तर नगरपालिका सिकाई कार्यक्रममा बुधबार सम्पन्न भएको छ ।

नेपाल नगरपालिका संघ केन्द्रीय कार्यालयको आयोजना र जर्मन सहयोगमा राज्य पुर्नसंरचना भईसकेपछि सहकारीहरुको स्थानीय सरकार संग संञ्चालन प्रक्रियाका विषयमा अन्तर नगरपालिका स्तरिय कार्यक्रमको आयोज गरिएको नेपाल नरपालिका संघका कार्यक्रम अधिकृत हर गोविन्द पाण्डेले बताए ।

मध्य र सुदुरपश्चिमाञ्चलका जिल्लाहरुका स्थानीय सरकारका प्रमुख उप प्रमुख र सहकारीकर्मी हरु लगायतका प्रतिनिधिहरुको उपस्थित रहेको कार्यक्रममा बोल्दै नेपालगजं उपमहानगरपालिका प्रमुख धवल शम्शर राणाले स्थानीय सरकारले सहकारीलाई कसरी लैजाने भन्ने विषयमा कार्यनिति बनाएर जाने बताए ।

कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिकाका मेयर तथा नेपाल नगरपालिका संघका अध्यक्ष अशोक कुमार वेन्जुले सहकारी नाफामुखी संस्था भएको भनिएता पनि सहकारीकाबाट भएको नाफा बाँडफाड नगरिएको बताए । स्थानीय सरकारले सहकारीहरुलाई कसरी लैजाने भन्ने विषयमा ठोस निति बनाएर अगाडी जानुपर्ने बताए । कार्यक्रमको सहजकर्ता अरुण सुवेदीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा नेपाल नगरपालिका संघकी सचिव कला निधि देवकोटा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत , बैजनाथ गाउँपालिका प्रमुख मान बहादुर रुचाल , बाँसगढी नगरपालिका बर्दियाका नगर प्रमुख सालिकराम अधिकारी,उपप्रमुख सुष्मा चौधरी गौरी गंगा नगरपालिका कञ्चनपुरका मेयर भिम बहादुर देउवा ,लमही नगरपालिका दाङका मेयर कुल बहादुर जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदी, जिल्ला सहकारी संघ कैलालीका अध्यक्ष भिम प्रकाश पौडेल, जिल्ला सहकारी संघ दाङका अध्यक्ष गोविन्द प्रसाद शर्मा कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रसाद देवकोटा कार्यपालिका सदस्य डिल बहादुर देवकोटा लगायतको सहभागीता रहेका थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन ३ गते बिहीबार