कोहलपुर/ बाँकेको राप्तीसोनारी गाउँपालिकामा १५ हजार बढी बालबाकिलाहरुको शैक्षिक स्तरको विकासमा सहयोग पुगेको छ ।
रिफाट इसिडब्लु सेभ द चिल्ड्रेनको सहकार्यमा बाँके युनेस्को क्लबद्धारा संचालित बाढी प्रभावित बालबालिकाहरुका लागि शैक्षिक सम्वद्र्धन कार्यक्रम अन्र्तगत गरिएको सहयोगले समग्र शिक्षाको गुणस्तरियता र प्रभावकारिता बढेको हो । बाँकेको राप्तीसोनारी गाउँपालिकामा परियोजनाको आज समापन कार्यक्रममा उक्त उपलब्धी भएको प्रस्तुतीकरणमा देखाइएको छ ।
परियोजना संचालन भएपछि विद्यालयको पुर्वाधार मर्मत सम्भार, खानेपानी शौचालयको व्यवस्थापनले विद्यार्थी संख्यामा बृद्धि भएको, दैबी प्रकोप व्यवस्थापनबारे सुरक्षित तथा पुर्व सूचनाबारे ज्ञान भएको, शिक्षकहरुको क्षमता अभिबृद्धि लगायतमा सहयोग पुगेको युनेस्कोका कार्यकारी निर्देशक रवि तुलाधरले बताए ।
राप्तीसोनारी गाउँपालिका अन्र्तगत ५४ वटा विद्यालयहरुलाई झण्डै रु ५० लाख बराबरको विभिन्न सहयोग गरिएको थियो । शैक्षिक सामाग्री वितरण, कक्षा कोठा तथा खानेपानी र शौचालय निमार्ण, कुसन, कारपेट लगायत सामाग्री सहयोग, दैवी प्रकोप व्यवस्थापन न्युनीकरण गर्न पुर्व सूचना तयारी कृतिम घटना अभ्यास लगायतको कार्यले सहयोग पुगेको हो ।
कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले राज्यले गर्न नसकेको काम गैरसरकारी संस्थाले गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा समन्वय गरि थप कार्यक्रम संचालन गर्ने बताए । उनले समुदायमा विकास निमार्ण अन्र्तगत सडक, नाली, खानेपानी मात्र नभई शिक्षाको गुणस्तरियताका लागि विद्यालयहरुमा गरिएको विभिन्न सहयोगले फाइदा भएको बताए ।
गाउँपालिका अन्र्तगतका बाढीबाट प्रभावित विद्यालयहरुमा गरिएको भौतिक पुर्वाधार मर्मत सम्भार, शैक्षिक सामाग्री वितरण जस्ता कार्यले बालबालिकाहरुलाई अध्ययन गर्न सहज भएको भन्दै यस्तो सहयोग गाउँपालिकाले तत्काल गर्न नसक्ने कार्य भएकोमा खुशी व्यक्त गरे ।
उनले शिक्षा स्वास्थ्य, कृषि, सिचाई लगायतका अत्यावश्यक कुराका लागि सर्वप्रथम शिक्षाको आवश्यकता रहेकाले यसलाई गुणस्तर बनाउनमा सबैको सहयोगको आवश्यकता रहेको औल्याए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनकुमार खत्रीले गाउँपालिकाले संचालन गरेको विकास निमार्णको कार्यमा संस्थासंगको साझेदारीको काममा दिगोपना हुने बताउनुभयो । कार्यक्रममा वडाध्यक्षहरु चन्द्रबहादुर वली, गंगाराम थारु, कान्छा थारु, रामलखन थारुले समुदायमा संचालित परियोजनाको फाइदा र उपलब्धीका बारेमा आफ्ना भनाई राखेका थिए ।
कार्यक्रममा युनेस्कोका अध्यक्ष प्रबेज अली सिद्दिकी, बरिष्ठ सल्लाहकार निरज गौतम, कार्यकारी निर्देशक रवि तुलाधर लगायतले परियोजनाका बारेमा आ आफनो धारणा राखेका थिए ।
त्यस अवसरमा युनेस्कोका वरिष्ठ कार्यक्रम संयोजक साजिद अली सिद्दिकीले परियोजनाको क्रियाकलाप, फाइदा, उपलब्धी, समस्या र चुनौतीबारे जानकारी गराएका थिए ।









प्रतिक्रिया दिनुहोस्