नेपालगन्ज/ नेपाल दलित पार्टीले निर्वाचन आयोगमा केन्द्रिय सदस्यहरुको सम्पत्ति विवरण पेश गरेको छ । मंगलबार निर्वाचन आयोगमा २५ जना केन्द्रिय सदस्यहरुको चलअचल सम्पत्तिको अभिलेख गरि सार्वजनिक गरिएको पार्टी अध्यक्ष मेघबहादुर कामीले बताए ।
निर्वाचन आयोगको सर्कुलर अनुसार पार्टीले २५ केन्द्रिय सदस्यहरुको सम्पत्ति विवरण पेश गरिएको उनले भने । पार्टीका केन्द्रिय अध्यक्ष मेघबहादुर, उपाध्यक्षद्धय धनकुमारी परियार, जयराम सुनार, कोषाध्यक्ष कृष्णबहादुर ताम्राकार, महासचिव शेरबहादुर विक, सचिवद्धय शम्भु नेपाली, महेश तिरुवा रहेका छन् ।
यस्तै सम्पत्ति विवरण सार्वजनिक गर्नेहरुमा सदस्यहरुमा कमला बर्देवा, लक्ष्मी विश्वकर्मा, रामबहादुर टमटा, पदम सार्की, कमला विक, दुर्गाबहादुर कामी, दिलबहादुर विश्वकर्मा, धनबहादुर गायक, सीता देवी, दुखराम, भिमबहादुर दर्जी, मानबहादुर कामी, अर्मीष्टा कामी, खिमादेवी सुनार, राधिका तिरुवा, चित्रदेवी सुनार, विष्णु बर्देवा र बिरबहादुर थारु रहेका छन् ।
निर्वाचन आयोगको निर्देशन अनुसार तोकिएको समयमा पार्टीले सम्पति विवरण सार्वजनिक गरेको जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्