सार्वजनिक सुनुवाई सम्पन्न



नेपालगन्ज/  नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर १ को सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ । बासको सहजीकरणमा बिहीबार नेपालगन्जको धम्बोझीमा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो ।

२३ वटा वडा रहेको नेपालगन्ज उपमहानगरपालिकामा निर्वाचित भईसकेपछि सार्वजनिक सुनुवाई गर्ने वडा नं.१ पहिलो वडा बन्न सफल भएको छ ।

१५० बढि स्थानीयहरुको सहभागितामा सम्पन्न सार्वजनिक सुनुवाईमा वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजालले यस आर्थिक वर्षमा भएका गतिविधिहरुबारे जानकारी गराएका थिए ।

रिजालले वडाको समग्र विकासका लागि वडा कार्यालय लागि परेको बताएका थिए । वडाबासीको सहयोग भएमा ५ वर्ष भित्र वडा नम्बर १ लाई नेपालगन्जको पहिलो वडा बनाउने उद्घोष गरे ।

सुनुवाईको खुला छलफलमा सहभागीहरुले वडाध्यक्ष लगायत पदाधिकारीहरुसँग विभिन्न विषयमा जिज्ञासाहरु राख्नुका साथै सुझावहरु दिएका थिए ।

उनीहरुले वाटरपार्क निर्माण, सडक, नाली निर्माण, फोहर व्यवस्थापन, लक्षितवर्ग उत्थान कार्यक्रमको प्रभावकारिता लगायतका विषयमा प्रश्नहरु गरेका थिए ।

सार्वजनिक सुनुवाईको अन्तमा ७ बुँदे सार्वजनिक प्रतिबद्धता पनि व्यक्त रिएको छ ।  यसैगरी बिहीबार नै नरैनापुर गाउँपालिकाको वडानम्बर ३ कालाफाँटा र वडानम्बर ४ नरैनापुरमा सार्वजनिक सुनुवाई कार्यक्रम समेत सम्पन्न गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार २२ गते शुक्रबार