जडिबुटी खेती महत्व बुझे आम्दानी राम्रो



नेपालगन्ज/  बाँकेका सामुदायिक वनहरुमा पाइने जडिबुटिको महत्व बुझ्न सके त्यसबाट राम्रो आम्दानी हुनेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

आयमूलक जडिबुटी खेती सम्बन्धित आयोजित पाँच दिने तालिमको समापनका क्रममा बोल्ने वक्ताहरुले सामुदायिक वनमा पाइने जडिबुटिको महत्व बुझ्न सके आय आर्जन पनि हुने कुरामा जोड दिएका हुन् ।

सामुदायिक वनमा आवद्ध प्रतिनिधिहरुलाई आयमुलक बनाउने उद्देश्यले जिल्ला वनस्पति कार्यालय बाँकेले उक्त तालिमको आयोजना गरेको थियो ।

समापनमा बोल्दै वनस्पति कार्यालय बाँकेका प्रमुख सुनिल कुमार आचार्यले जडिबुटीका लागि सामुदायिक वनहरुले खेती गरे उपभोक्ताहरुको जीवनस्तरमा फाईदा पुग्ने बताए ।

उनले जडिबुटीको खेती गरे खाली जग्गाको सदुपयोग समेत हुने र समुदाय तथा परिवार आत्मनिर्भर पनि बन्न सकिने बताए ।

प्रमुख आचार्यले किसान तथा वनका उपभोक्ताले गर्न चाहेको अवस्थामा वनस्पति कार्यालयले सक्दो सहयोग समेत गर्ने प्रतिबद्धता जनाए ।

तालिमको कार्यालय प्रमुख आचार्य र अशोक बाबु सापकोटाले सहजीकरण गरेका थिए । सोही अवसरमा जडिबुटिका रुपमा प्रयोग हुने कुरिलो तथा लेमन ग्रासका बिरुवा समेत वितरण गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ असार १० गते आइतबार