बाँके/ कम्लहरीहरुको उद्धारमा सरकारले ढिलाई गरेको भन्दै बाँकेमा रहेका मुक्त कम्लहरीहरुले जिल्ला प्रशासन कार्यालय बाँकेमा धर्ना दिई ज्ञापन पत्र बुझाएका छन् ।
कमलहरी उद्धारका लागि सरकारलाई पटक पटक ध्यानआर्कषण गराउँदा पनि सरकारले चासो नदिँदा कम्लहरीहरुको मृत्यू हुने गरेको उनीहरुको आरोप रहेको छ ।
पछिल्लो पटक बर्दियाको बढैयाताल गाउँपालिका–७ का दुर्गा भण्डारीले कमलरी राखेकी बाँसगढी वडा नं.४ अस्नेरीकी ११ वर्षीया अस्मिता थारूको सरकारकै ढिलाईका कारण हत्या भएको उनिहरुले बताए ।
भण्डारीको घरमा झुन्डिएको अवस्थामा फेला परेकी थारूको हत्यारा वा आत्महत्या के हो भन्नेबारे बहस चलिरहेको छ ।
मुक्त कमलरी विकास मञ्चले हत्या भएको भन्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।
‘मालिक’ बाट पटक–पटक यातना र दुव्र्यवहार भोग्दै आएको र अन्त्यमा अपराध लुकाउन अस्मिताको हत्या गरेको मञ्चको दाबी छ । अहिले पनि धेरै किशोरी घरेलु मजदुरका रूपमा रहेको र तिनले अकालमा ज्यान गुमाउनु परेको मुक्त कम्लहरी विकास मञ्च बाँकेकी अध्यक्ष सिता थारुले बताइन् ।
पश्चिम तराईका ५ जिल्लामा अझै ९७ कमलरीको उद्धार हुन बाँकी रहेको मञ्चले जनाएको छ । मञ्चका अनुसार बाँकेमा ५, बर्दियामा ३६, कैलालीमा २८, दाङमा २१ र कञ्चनपुरमा ७ कमलरी छन ।









प्रतिक्रिया दिनुहोस्