अर्याल समाजको बाँकेको अध्यक्षमा डोलराज



कोहलपुर,२७ जेठ/  अर्याल समाज बाँकेको अध्यक्षमा डोलराज अर्याल निर्वाचित भएका छन् । अर्याल समाज नेपाल बाँकेको शनिबार सम्पन्न प्रथम अधिवेशनबाट अर्यालको अध्यक्षमा निर्वाचित भएका हुन् ।

अर्यालको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति समेत चयन गरिएको छ । समाजको उपाध्यक्षमा डा.सन्तोष अर्याल, सचिवमा मान बहादुर अर्याल, कोषाध्यक्षमा बलराम अर्याल, सह–सचिव पदम अर्याल निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा नन्द लाल अर्याल, नारायण प्रसाद अर्याल, डोल प्रसाद अर्याल, नारायण प्रसाद अर्याल, माधव अर्याल, डिल्लीराम अर्याल, योग विलास अर्याल र श्याम कुमार अर्याल रहेका छन् । बाँकी एक जना सदस्यलाई निर्वाचित समितिले मनोनित गर्नेछ ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २७ गते आइतबार