नेपालगन्ज,२७ जेष्ठ/ स्थानीय तहले विपद्को पूर्व तयारी गर्न सक्रियता बढाएका छन् । सोही क्रममा शुक्रवार नरैनापुर गाउँपालिकामा सरोकारवाला निकायको सहभागितामा मनसुन पूर्व तयारी गोष्ठी सम्पन्न भएको छ ।
नरैनापुर गाउँपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी गंगापुर उपशाखाको प्राविधिक सहयोगमा उक्त गोष्ठीको आयोजना गरिएको हो ।
नरैनापुर गाउँपालिकाका अध्यक्ष मोहम्द इस्तीयक अहमद शाहले यस क्षेत्रम मौसम अनुसारको विपद् बाढी र आगलागी हुने गरेको बताउँदै आगो नियन्त्रणका लागि पूर्व तयारी गर्ने हेतुले दमकल खरिद गरिएको जानकारी गराए । उनले हरेक क्षेत्रमा विपद् जोखिमको बारेमा जनचेतना हुन आवश्यक रहेको बताए ।
गोष्ठीमा विपद् जोखिम न्यूनीकरणका लागि अधिकांश सहभागीहरुले सुरक्षित बाटो निर्माण, एम्बुलेन्सको व्यवस्था, तयारी खाद्यन्न मौज्दात, सुरक्षित स्थानको पहिचान, विद्यालय भवन भूकम्प प्रतिरोधी निर्माण, विपद् व्यवस्थापन कोष स्थापना, विपद् जोखिम व्यवस्थापन योजना निर्माण, दक्ष जनशक्ति उत्पादन, खोज तथा उद्धार सामाग्रीको व्यवस्थाएवं भण्डारण, प्रत्येक वडामा गोदाम घर निर्माण लगायत विषयमा बृहत छलफल भएको थियो ।
कार्यक्रममा नरैनापुर गाउँपालिकाका पदाधिकारी, बोर्ड सदस्य, वडा अध्यक्ष, सदस्य, वडा सचिव, विपद् प्रभावित क्षेत्रका शिक्षक, स्वास्थ्य संस्थाका इन्र्चज, कृषि सेवा, पशु सेवा, सुरक्षा निकायका प्रमुख, नेपाल रेक्रडस सोसाईटी गंगापुुर उपशाखाका पदाधिकारी, सदस्य, सामुदायिक बन का अध्यक्ष, लगायत ६३ जनाको सहभागिता रहेको थियो ।
नरैनापुर गाउँपालिका अध्यक्ष एवं स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष मोहम्द इस्तीयक अहमद शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत इस्माल खाँ, महेन्द्र मावि मटेहियाका प्रअ पेशकार सिंह लगायतले विचार राखेका थिए ।









प्रतिक्रिया दिनुहोस्