अन्तरघात पछि अमिर र सलिनाले ल्याए ‘तराई मधेसकी मेरी थरुनी



मिसन समाचारदाता कोहलपुर २६ जेठ ,मध्य र सुुदुरपश्चिमाञ्चलका क्षेत्रका चर्चित लोक तथा दोहोरी गायक अमिर सुवेदी प्राय भावुक प्रकृतिका गितहरु गाउने र रचना गर्ने गर्दछन । तर पछिल्लो समयमा समयको माग सगैं उनीले गायिका सलिना सुनार संगको सहकार्यमा स्टेज गितहरुमा समेत जोड दिन थालेका छन यस्तैमा यो साता उनको नयाँ गित बजारमा आएको छ ।

चर्चित गायक रामजी खाण, अमिर सुबेसी र गायिका सलिना सुनार र उमादेबी खनालको आवाजमा सलिना सुनारको लोक दोहोरि गित ‘तराई मधेसकी मेरी थरुनी ‘।।’ गित हिजो मात्र अवसर डिजिटल बाट सार्बजनिक भएको छ । सर्जक तथा गायक अमिर सुबेदीले लय गरेको उक्त गीतमा सर्जक भने पूर्ण इतिहासको रहेको छ ।

मोडल शिब, सुनिल, रुपा रआरतिको बेजोड अभिनय देख्न सकिन्छ । बासु बरालको छायांकन रहेको उक्त भिडियोमा साजन पराजुलीले निर्देशन गरेका छन । जनता म्युजिक युटुबबाट हिजो मात्र सार्बजनिक गरेको भिडियो सम्पादन भने अमृत चापागाईले गरेका छन ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २६ गते शनिबार