रावन बिश्वकर्मा : बाँसगढी,२६ जेठ/ बर्दियाको बाँसगढीमा रहेका दुई सामुदायिक वन उपभोक्ता समिति मर्ज भएका छन् ।
बाँसगढी नगरपालिका वडा नम्बर ५ मा रहेका निमाहा ताल र सति सामुदायिक वन उपभोक्ता समिति शुक्रबार मर्ज भई सति सामुदायिक बन उपभोक्ता समिति गठन गरिएको छ ।
सति सामुदायिक वनको विधान मान्य गरी सालिकराम थारुको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्षमा रेशम खत्री, सचिवमा पानमति थारु, सहसचिवमा जुनादेवी सुनार, कोषाध्यक्षमा भिम प्रसाद रिजाल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा सोनमती थारु, दिपक लम्साल, विष्णु हरि थारु, जमदार थारु, चन्द्र प्रसाद रेग्मी र झुप प्रसाद जैसी रहेका छन् ।
निर्वाचन मण्डलका संयोजक सर्जने कामीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल प्रदेश नम्बर ५ का प्रतिनिधि प्रेम प्रसाद शर्मा, मनिराम आचार्य, नगर महासंघ बाँसगढीका अध्यक्ष लक्ष्मण गिरी लगायत दुवै समितिका उपभोक्ताहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्