सय रुपैयाँ नतिरेको भन्दै वृद्धको हत्या



काठमाडौं,२५ जेठ/  अहिलेको समयमा सय रुपैयाँले ठूलो गर्जो टर्दैन । तर, सय रुपैयाँकै लेनदेन विवादमा कलैया उपमहानगरपालिका–१२ विश्वम्भरपुरका एक वृद्धले ज्यान गुमाउनु परेको छ ।

काठमाडौं, जेठ २५ । अहिलेको समयमा सय रुपैयाँले ठूलो गर्जो टर्दैन । तर, सय रुपैयाँकै लेनदेन विवादमा कलैया उपमहानगरपालिका–१२ विश्वम्भरपुरका एक वृद्धले ज्यान गुमाउनु परेको छ ।

स्थानीय मैनेजरप्रसाद साहले अर्का स्थानीय मख्खन साहको पम्पिङसेटबाट आफ्नो खेतमा सिँचाई गरेका थिए । यसबापत उनले मख्खनलाई सय रुपैयाँ तिर्न बाँकी थियो ।

मख्खनले बुधबार साँझ मैनेजरसँग पैसा मागेपछि विवाद भएको थियो ।झडपका क्रममा मख्खनका छोरा २० वर्षीय दीपक साहले मैनेजरमाथि चिर्पट प्रहार गरेका थिए ।

६५ वर्षीय मैनेजरको टाउकोमा गम्भीर चोट लाग्यो । उपचार कै क्रममा बिहीबार उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

–कान्तिपुर दैनिकबाट

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २५ गते शुक्रबार