कोहलपुर बैंकर्स क्लब गठन



कोहलपुर,२४ जेठ/   कोहलपुर नगरभित्र सञ्चालित विभिन्न बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुको भेलाले बुधबार कोहलपुरमा कोहलपुर बैंकर्स क्लब गठन गरेको छ ।

बैंक तथा वित्तिय संस्थामा कार्यरत कर्मचारीहरुबीच आपसी एकता, सदभाव्, भातृत्व, शिष्टाचारको भावना अभिवृद्घि गर्ने र उनीहरुको हकहितका लागि क्रियाशील हुने उद्देश्यले क्लब गरिएको हो ।

भेलाले डिल्ली राज भुसालको अध्यक्षतामा ११ सदस्यीय तदर्थ कार्यसमिति गठन गरेको छ । जसको प्रथम उपाध्यक्षमा सुवास सुवेदी, द्वितीय उपाध्यक्षमा रीमा मल्ल, सचिवमा मिगल सिंह ठकुरी, सह–सचिवमा नविन राज पाण्डे, कोषाध्यक्षमा रविन कुमार भट्ट चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रामहरी भण्डारी, नवराज जोशी, विकेश श्रेष्ठ, सरिता जोसी र बिनोद सिंह रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ २४ गते बिहीबार