सल्यान,१८ जेठ/ सल्यानको पश्चिम क्षेत्रबाट भारतमा मजदुरीका लागि गएका एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बनगाड कुपिण्डे नगरपालीका वडा नम्बर ४ रोकाय गाउँ घर भएका अन्दाजी ४० वर्षीय निमराज रोकाको मृत्यु भएको हो ।
बुधबारको दिन भारतको उत्तरा खण्डको कृतिनगरमा आफ्नै डेरामा रातीको समयमा पिसाव फेर्न वाहिर गएको समयमा लडेर मृत्यु भएको जनाएको छ ।
५ महिना अघि उनि कामको लागि भारत पुगेको वावु गमदल रोकाले वताए । मृर्तक निमराजका १ छोरी र २ छोरा रहेको जनाएको छ ।
प्रकाशित मिति : २०७५ जेठ १८ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्