कलाकार क्षमता विकास तालिम सम्पन्न



कोहलपुर,१२ जेठ/  दिपकला केन्द्र हवलदापुरको आयोजनामा सञ्चालन गरिएको १० दिने कलाकार क्षमता विकास तालिम शुक्रबार सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको सहयोगमा सञ्चालन भएको तालिम जेठ २ गते सुरु गरिएको थियो ।

तालिमको समापन सत्रमा बोल्दै प्रमुख अतिथि तथा कोहलपुर नगरपालिका वडा नं.१० का वडा अध्यक्षले कलाकारहरुको क्षमता विकासका लागि थप सहयोग गरिने बताए । तालिमको दियालो परिवार कोहलपुरका उपाध्यक्ष सन्त कुमार वि.क तथा राम सहाय प्रेमीले प्रशिक्षण दिएका थिए ।

तालिमको समापन सत्रमा कोहलपुर नगरपालिका१ का वडाध्यक्ष गोपी प्रसाद खनाल, वडा नं.९ का वडाध्यक्ष ठाकुर प्रसाद थारु लगायतको उपस्थिति रहेको थियो । तालिममा १५ वटै वटाका १÷१ जना महिला र पुरुष गरी ३० जनाको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ १२ गते शनिबार