स्मृति दिवसको अवसरमा फलफुल वितरण



कोहलपुर ०६, बाँके/ कोहलपुरस्थित बाल ज्योति माध्यामिक विद्यालयले ८ औ टिकाराम सुवेदीको स्मृति दिवसको अवसरमा फलफुल वितरण गरेको छ । कोहलपुर मेडिकल कलेजको वार्ड नं. १ मा रहेका दम, मानसिक, प्यालासिस विरामीहरुलाई फलफुल वितरण गरिएको बाल ज्योति माध्यामिक विद्यालयकी संस्थापक लक्ष्मी देवि सुवेदीले बताइन् ।

उक्त कार्यक्रममा ३० जना भन्दा बढि विरामीहरुलाई फलफुल वितरण गरेको सुवेदीले बताइन् । सो कार्यक्रममलाई कोहलपुर मेडिकल कलेजका डा. श्याम विकले सहजीकरण गरेका थिए ।

कार्यक्रममा बाल ज्योति माध्यामिक विद्यालय सल्लाहाकार मधु सुधन न्यौपाने, शिक्षक सुरज केसी, राजु रावत लगायतको उपस्थित रहेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७५ जेठ ६ गते आइतबार